सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरबाट खैरो हिरोइन सहित दुई जना पक्राउ

२०७६ असार २५, ०५:०५ खबर संवाददाता

कैलालीको टीकापुरबाट खैरो हिरोईन सहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।  इलाका प्रहरी कार्यालय टीकापुरले भारतबाट खैरोहिरोईन ल्याउँदै गरेको अवस्थामा टीकापुर नगरपालिकाको  सोनाहाफाँटाबाट उनीहरुलाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ पर्नेमा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ७ मोतिनगरका २० वर्षीय सुमन बुढाक्षेत्री र टीकापुर नगरपालिका वडा नम्बर १ का २० वर्षीय नविन भण्डारी रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए। उनीहरुको साथबाट २ ग्राम ९ सय मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस