कैलालीको कैलारीमा प्रदेश सरकारको बजेटले पुल मर्मत सुरु

धनगढीः कैलालीको कैलारी गाउँपालिका–४ र ६ जोड्ने घुरहा नदी पुल किनारमा मर्मतको काम सुरु भएको छ।
प्रदेश सरकारले बजेट दिएपछि आजबाट मर्मतको काम थालेको हो। पुल किनारमा मर्मतका लागि प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट छुट्याएको छ।प्रदेशको बजेटले मर्मतको काम सुरु भएको वडा नम्बर ४ का वडाध्यक्ष ठागुराम चौधरीले जानकारी दिए। नदीले बहाव परिवर्तन गरेपछि केही वर्ष अगाडि नै पुलको पूर्वतर्फ किनारमा सडक भासिनुका साथै भ्वाङ परेको थियो।
यसअघि पनि काम चलाउ टालटुल गरिएको थियो। यस पटक आरसिसीसहितको मर्मत कार्य हुने वडाध्यक्ष चौधरीको भनाइ छ। पुल किनारमा सडक भासिनुका साथै भ्वाङ परेपछि दुर्घटनाको जोखिम छ। सो पुल भएर ठुला सवारी साधन ओहोरदोहोर हुन सक्दैन। मोटरसाइकल, साइकल र पैदलयात्रीलेमात्रै ओहोरदोहोर गर्ने गरेका छन्।


