सुदूर नेपाललाई विश्वसँग जोड्दै

नरैनापुरका अग्निपीडितले पाए राहत सामग्री

२०८१ चैत्र १४, ०९:०१ रासस

नेपालगञ्ज: बाँकेको नरैनापुरका अग्निपीडित १७ परिवारलाई रु १० हजार बराबरका राहत सामग्री वितरण गरिएको छ। 

नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोतीलगायत लत्ताकपडा प्रदान गरेको हो। 

उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमत शाहको उपस्थितिमा राहत सामग्री पीडितलाई हस्तान्तरण गरिएको हो। नरैनापुरमा गत मङ्गलबार आगलागी हुँदा १७ घरगोठ जलेर रु ५० लाख बराबरको क्षति भएको थियो। 

कमेन्ट लोड गर्नुस