सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको एक गाउँपालिकाका पूर्व अध्यक्षसहित सात जना विरुद्ध भ्रष्टाचार मुद्‍दा

२०८१ चैत्र १३, ०४:२६ कमल सावद

धनगढीः बझाङको एक गाउँपालिकाका पूर्व अध्यक्षसहित सात जनाका विरुद्धमा भ्रष्टाचार मुद्‍दा दायर भएको छ।

जिल्लाको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्‍दा दायर भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधवार विशेष अदालतमा मुद्‍दा दायर गरेको छ।

तत्कालीन अध्यक्ष रोकाया, तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदनराज जोशी, उक्त गाउँपालिकाको ४ नम्बर वडा अन्तर्गतको सिम्लका घट्ट सिँचाई कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर भएको हो।

उनीहरूले सिम्लका घट्ट कुलो सिचाई निर्माणमा आर्थिक वर्ष २०६७÷७७ मा रकम विनियोजन गरी कार्यसम्मपन गरेका थिए। सोही कामलाई आधार मानि आर्थिक वर्ष २०७७÷७८ मा कुनै पनि काम नगरी भुक्तानी लिई अनियमितता परेको पाइएको अख्तियारले जनाएको छ। उनीहरूविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गर्दै मुद्‍दा दायर गरिएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस