सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

२०८१ चैत्र १२, ०५:०५ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद कार्यक्रमको आयोजना गरिएको छ। मंगलबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रिस्ट) को आयोजनामा संवाद कार्यक्रम आयोजना गरिएको हो।

संवाद कार्यक्रममा प्रदेश सभा सदस्य रक्षा महरा, राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम अध्यक्ष प्रकाश दत्त भट्ट, प्रहरी निरीक्षक पदम राज पन्त, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया र नागरिक समाज गैसस महांसघ कैलालीका उपाध्यक्ष विनोद कडाराको सहभागिता रहेको थियो । संवाद कार्यक्रमको सहजीकरण माया गुरुङले गरेकी थिइन।

संवाद कार्यक्रममा बोल्ने वक्ताहरूले मानव बेचबिखन अन्त्यका लागि सबै निकायको हातेमालो आवश्यक रहेको बताएका थिए। पछिल्लो समय प्रविधिको विकास सँगै मानव बेचबिखनको पनि स्वरूप फेरिएकाले मानव बेचबिखन नियन्त्रणका क्रियाकलाप पनि सोही अनुसार परिमार्जन गर्न जोड दिइएको थियो। कार्यक्रममा विभिन्न संघसस्थाका प्रतिनिधि, शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो।

 

कमेन्ट लोड गर्नुस