सिमली जङ्गलको रहस्यमय जमघट: कानुनी उल्लङ्घन र समाजलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास

प्रकाश मिश्र : नेपाल कानुनी शासनमा आधारित मुलुक हो। यहाँ कानुनभन्दा माथि कोही छैन – न स्वदेशी न विदेशी।
तर, पछिल्लो समय कैलालीको सिमली जङ्गलमा ‘रेन्बो ग्यादरिङ्ग’को नाममा भैरहेको विदेशी जमघटले नेपालका कानुन र सामाजिक संरचनालाई चुनौती दिने काम गरेको छ।
जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन बहादुर हमालले ती विदेशी नागरिकलाई जङ्गल छोड्न २४ घण्टे अल्टिमेटम दिएका छन्। यो निर्णय पूर्ण रूपमा कानुनी र तार्किक हो। किनभने नेपालको कानुनअनुसार कुनै पनि विदेशी नागरिकले सरकारको अनुमति विना जङ्गल क्षेत्रमा अनधिकृत रूपमा बस्न पाउँदैनन्। तर, यस विषयमा केही व्यक्तिहरूले अनावश्यक रूपमा समाजलाई भड्काउने प्रयास गरिरहेका छन्। कानुनभन्दा माथि कोही छैन नेपालको संविधान, पर्यटन नीति, र विदेशी नागरिकसम्बन्धी कानुनले विदेशी पर्यटकका गतिविधिलाई स्पष्ट रूपमा परिभाषित गरेको छ।

नेपालको राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण ऐनले वन क्षेत्रभित्र अनधिकृत गतिविधि गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। यदि ‘रेन्बो ग्यादरिङ्ग’का नाममा विदेशी नागरिकले गाँजा, भाङ, वा अन्य कुनै प्रतिबन्धित लागुपदार्थ सेवन गरिरहेका छन् भने, त्यो कानुनी अपराध हो। यसलाई रोक्न प्रशासनको दायित्व छ। उनिहरूले प्रतिबन्धित गतिविधि गरिरहेका छन कि छैनन भन्ने कुराको अनुसन्धान गर्ने पाटो सम्बन्धित निकायको हो । तर, घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मिप्रसाद भट्टराईले दिएको अभिव्यक्ति कानुनी राज्यको अवधारणा विपरीत छ। "विदेशी पर्यटक हाम्रा पाहुना हुन्, उनीहरूले जे गरे पनि हामीलाई मतलब छैन" भन्ने धारणा नेपाल राज्यको कानुनी संरचनालाई नै चुनौती दिने प्रयास हो।

नेपालमा पाहुनाले सत्कार पाउँछन्, तर नेपालको कानुनको उल्लङ्घन गर्ने छुट कसैलाई छैन। पत्रकारमाथि आक्रमण: स्वतन्त्र प्रेसमाथि हमला यस घटनाबारे समाचार लेख्ने क्रममा मलाइ आक्रमण भएको छ। ओजुवा क्याफेका सञ्चालक डबल शाह र सिर्जना होटेलका संचालक चेत बहादुर सिंहले समाचार लेखेकै आधारमा स्वतन्त्र पत्रकारितामाथि हमला गरे, जसका कारण उनीहरू मध्य ओजुवा क्याफेका संचालक डबल शाह अहिले कानुनी नियन्त्रणमा छन् भने सिर्जना होटलका संचालक चेत बहादुर सिंह फरार छन् ।

तर, समाजलाई द्वन्द्वमा धकेल्ने नियतले क्याम्पस प्रमुख भट्टराई लगायतका व्यक्तिहरूले पत्रकारिता माथि आक्रमण गर्ने आक्रमणकारीको पक्षमा खुलेर समाजलाई उत्तेजित पार्ने अभिव्यक्ति दिइरहेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत युवाहरूलाई गलत रूपमा प्रभावित पार्ने प्रयास गरिरहेका छन्। यो कानुन विपरीत मात्र होइन, प्रेस स्वतन्त्रताको अपमान पनि हो।
समाजलाई द्वन्द्वमा धकेल्ने प्रयास समाजमा द्वन्द्व सिर्जना गर्ने नियतले केही व्यक्तिहरूले अनावश्यक विवाद खडा गर्न खोजीरहेका छन्। "डबल शाहले कहिले काठमाडौँको भृकुटीमण्डपमा, कहिले घोडाघोडीको ओजुवा क्याफेमा चिया खुवाउने गरेका युवाहरू किन विरोधमा उत्रिएनन्?" भन्ने जस्ता प्रश्न खडा गरेर सामाजिक सञ्जालमा मार्फत द्वन्द्व निम्त्याउने प्रयास गरिरहेका क्याम्पस प्रमुख भट्टराईको मुख्य आसय के हो ? किन उनि समाजमा द्वन्द्व निम्ताउने अभिव्यक्ति दिइरहेका छन ,यो गम्भीर प्रश्न हो यो सरासर भ्रम फैलाउने प्रयास हो।
चिया खुवाउने जस्तो सामान्य सामाजिक कार्यलाई गैरकानुनी गतिविधिसँग जोडेर समाजलाई उत्तेजित पार्न खोज्ने कार्य गर्नु धमिलो पानीमा माछा मार्ने काम गर्नु जस्तै हो । युवाहरु जोसिला हुन्छन उनिहरू भावनामा बग्छन भन्ने जानेर बुजेर मिडियासँगको युद्धका लागि तयार हुन आग्रह गर्ने अभिव्यक्ति स्वतन्त्र पत्रकारिता र सामाजिक सद्भाव सहित बसेको समाजमा द्वन्द्व निम्त्याउने प्रयास हो । यसलाइ कानुनले रोक्नु पर्छ । कानुनको पालना सबैका लागि अनिवार्य नेपालमा कानुन सबैका लागि बराबर छ। विदेशी नागरिकलाई नेपालको कानुन पालना गर्नैपर्छ। सिमली जङ्गलमा भएको ‘रेन्बो ग्यादरिङ्ग’ गैरकानुनी छ कि छैन त्यो नेपालको कानुनले परिभाषित गरेका निकायले हेर्ने हो सामाजिक सन्जालमा न्याधिस बन्नेहरुले होइन सामाजिक सम्बन्धित निकायले त्यस्ता व्यक्तिहरुलाइ कानुनको पालना गराउन आवश्यक छ । अर्को कुरा रेन्बो ग्यादरिङ्गका नाममा गरिएको भेलका लागी कुनै सरकारी अनुमति लिइएको अहिलेसम्म पुष्टि भएको छैन।
जिल्ला प्रशासन कार्यालय, कैलालीले नै विदेशी नागरिकलाई २४ घण्टाभित्र क्षेत्र छोड्न दिएको आदेश कार्यान्वयन गराउने नगराउने सम्बन्धित निकायको कुरा हो पत्रकारले झकझकाउने उसको धर्म हो कर्म हो । प्रशासनले दिएको अल्टिमेटम पूर्णतः कानुनी देखिसकेपछि पनि छ समाजलाई भ्रमित पार्न खोज्ने व्यक्तिहरू कानुनी कारबाहीको दायरामा आउनुपर्छ ।
नेपाल कानुनी शासनमा चल्ने देश हो। कानुनको उल्लङ्घन गर्नेहरू चाहे स्वदेशी हुन् वा विदेशी, उनीहरूलाई कानुनी कठघरामा उभ्याउनु पर्छ। समाजलाई द्वन्द्वतर्फ धकेल्ने, कानुनको खिल्ली उडाउने, र गैरकानुनी गतिविधिलाई समर्थन गर्ने कुनै पनि प्रवृत्तिलाई समाजले अस्वीकार गर्नुपर्छ। हामी कानुनी शासन, प्रेस स्वतन्त्रता, र सामाजिक स्थायित्वको पक्षमा छौं।