सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १ गते धनगढी दौडिने, प्रथमलाई ७५ हजार

२०८१ चैत्र ११, ०६:३५

धनगढीः वैशाख १ गते ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता हुने भएकमो छ। धनगढी जेसिजले सन २०१४ देखि प्रत्येक वर्षको वैशाख १ गते प्रतियोगिताको आयोजना गर्दै आएको हो।

धनगढी जेसिजले वैशाख १ गते हुने ‘अब धनगढी दौडिन्छ’ प्रतियोगिता सञ्चालन हुने बताएको छ। धनगढी जेसिजले १ वैशाख, २०८२ मा आयोजना गर्न लागेको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता ११ औं संस्करण हो। धनगढी जेसिजल सन् २०१४ बाट यो प्रतियोगिता नियमित रुपमा नयाँ वर्षको दिन आयोजना गर्दै आइरहेको छ।

प्रतियोगिता १० औं संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरिसकेको आयोजकले जनाएको छ। हाफ म्याराथनको विजेताले नगद ७५ हजार, उप–विजेताले ५० हजार र तेश्रो हुनेले नगद २५ हजार प्राप्त गर्नेछन्। हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटास्थित मनेहरा पुल हुँदै पुनः धनगढी रंगशाला पुगेर समापन हुने संयोजक दिपक गौतमले बताए। 

यस्तै, प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र संचारको ५ किलोमिटर  दौड आयोजना गरिनेछ। धनगढी जेसिजका महासचिव आशिष शाहले विजेताले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छ भने उप–विजेताले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने बाए।

खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुदै आएको प्रतियोगितामा धावक नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता हुने जेसिस धनगढीका अध्यक्ष लोकराज भट्टले जानकारी दिए। नयाँ वर्ष २०८१ का अवसरमा आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका थिए। उनले २१ किलोमिटर दूरीको हाफ म्याराथन एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरेका थिए।

कमेन्ट लोड गर्नुस