सुनको मूल्य तोलामा नौ सयले घट्यो

काठमाडौँः गत शुक्रबारको तुलनामा सुनचाँदीको मूल्यमा आज सामान्य थपघट भएको छ। स्थानीय बजारमा सुनको मूल्य तोलामा ९०० र चाँदी तोलामा १५ ले घटेको छ।
गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री हुनेछ। आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



