सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ

२०८१ चैत्र १०, १२:०९ खबर संवाददाता

धनगढीः कैलालीमा सवारी ज्यान मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

जिल्लाको टीकापुर नगरपालिका–३ का ४८ वर्षीय रामबहादुर थारुलाइ शनिवार प्रहरीले पक्राउ गरेको हो। जिल्ला अदालत कैलालीको २०७९।१२।०१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएका तर फरार रहेका थारुलाइ इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले उनको घरबाटै पक्राउ गरेको जनाइएको छ।

 

कमेन्ट लोड गर्नुस