सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नमुना कृषि फर्मको विकास गरिने

२०७६ असार २४, ०६:०६ खबर संवाददाता

कैलालीका स्थानीय तहहरुको समन्वय बैठक मंगलबार धनगढीमा सम्पन्न भएको छ। बैठकले जिल्लामा नमुना कृषि फर्मको विकास गर्ने, बिगतमा समन्वय बैठकमा भएका निर्णयहरुलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने लगायतका निर्णय गरेको छ। सोही बैठकमा चिनको सेजुविङ्ग प्रान्तको एक कृषि कम्पनीसंग कैलाली जिल्लामा ब्यावसायीक कृषि फर्म सञ्चालनका बिषयमा छलफल भएको जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बताए। उक्त ग्रुपले केहि समय कैलाली जिल्लाको कृषि सम्भाब्यता र भौगोलिक सम्भाब्यताका बारेमा अध्ययन गर्ने पनि संयोजक थापाले जानकारी दिए। कैलालीका स्थानीय तहहरुको हरेक महिना नियमित बैठक बस्ने गरेकोमा यस पटक बैठकको संयोजन धनगढी उप–महानगरपालिकाले गरेको थियो।

कमेन्ट लोड गर्नुस