धनगढीबाट लागुऔषधसहित ३ युवक पक्राउ

धनगढीः कैलालीको धगढीबाट लागुऔषधसहित ३ युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ सिसा पोस्ट नजिकबाट कैलालीको गोदावरी नगरपालिका–६ बस्ने २४ वर्षीय मिथुन सोव र गोदावरी नगरपालिका–५ बस्ने २५ वर्षीय रबिन चन्दलाइ प्रहरीले पक्राउ गरेको हो।
शनिवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ६३४४ नम्बरको मोटरसाइकलसहित उनको साथबाट ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित दुबै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।


यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट धागढी–५ हसनपुर बस्ने २६ वर्षीय बिराट रावल र धनगढी–१३ मोहनपुर बस्ने २८ वर्षीय रबिन्द्र बुढालाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

