सेती अस्पतालको पार्किङबाट चोरी भएको स्कुटर प्रवेशद्वारमा भेटियो

धनगढी: सेती प्रादेशिक अस्पतालको पार्किङ क्षेत्रबाट चोरी भएको स्कुटर प्रवेशद्वारमा फेला परेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले शुक्रवार चोरी भएको स्कुटर शनिवार फेला पारेको हो।
धनगढी उपमहानगरपालिका–१ सेती प्रादेशिक अस्पतालबाट शुक्रवार सुदूरपश्चिम प्रदेश ०१–०१० प ३४३९ नम्बरको निलो रङ्गको स्कुटर चोरी भएको थियो। धनगढी उपमहानगरपालिका–३ की मीना अधिकारीको स्कुटर चोरी भएको दोस्रो दिन (शनिवार) सेती अस्पतालको प्रवेशद्वारमा बेवारिसे अवस्थामा फेला परेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले स्कुटर धनीलाई फिर्ता गरेको छ।



