सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको आठौँ प्रदेश सभा

२०८१ चैत्र ९, ०३:५६ खबर संवाददाता

टीकापुर: नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशको आठौँ प्रदेश सभा आज टीकापुरमा सम्पन्नभएको छ।

सभाले बन्दसत्रमार्फत कोषाध्यक्ष लालमणी पन्तद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०÷०८१ को १८ लाख १४ हजार ६३३ रुपैयाँ बराबरको आयव्ययर कार्यकारी निर्देशक ज्योति भट्टद्वारा प्रस्तुत प्रगति प्रतिवेदन अनुमोदन गरेको छ। बन्दसत्रमा प्रदेशमा आबद्ध विभिन्न जिल्ला, नगर तथा एशोसियट संस्थाकाप्रतिनिधिहरुको सहभागीता रहेको थियो।

बन्दसत्र अघि प्रदेश सभाको एक समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले समुद्घाटन गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि रहेका ढकालले शुभकामना मन्तव्य राख्दै देशले राजनीतिक तन्त्रभन्दा पनि अर्थतन्त्रको आवश्यकता गरिरहेको बताए।

उनले जुनसुकै तन्त्र भए पनि अर्थतन्त्र सुधार बिना देश सम्बद्ध हुन नसक्ने बताएका छन। ‘राजतन्त्र, लोकतन्त्र, गणतन्त्र जेसुकै भन्नुहोस’ उनले भने–‘अर्थतन्त्र सुधार भए नभने देश समवृद्धि सम्भव छैन।’उनले अर्थतन्त्रमा सुधार भयो भने देशमा जुनसुकै तन्त्र भए पनि फरक नपर्ने बताए।

उनले अर्थ तन्त्रका हिसाबले मुलुक६० वर्ष यताकै जोखिमपूर्ण अवस्थामा गुज्रीरहेको बताए। ‘म ४० वर्ष भयो व्यवसायमा लागेको यस्तो अवस्था कहिल्यै आएको थिएन’उनले भने–‘देश आर्थिक हिसाबले निकै गम्भीर मोडमा पुगेको छ।’

उनले कोरोनाले नेपालको मात्रै नभई संसारका विकसित राष्ट्रको अर्थतन्त्रलाई समेत नराम्ररी प्रभावित पारेको बताए। उनले कोरोनाकै कारण नेपालको आर्थिक अवस्था धराशायी भएको दावी गरे । उनले देशको नीतिगत कमजोरी, भ्रष्टाचार, कानू नकार्यान्वयनको अवस्थाले समेत आर्थिक अवस्था धराशायी बनाउनमा सहयोग पुर्‍याएको बताए।

उनले सरकारले पूर्व अर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा उच्च स्तरीय आर्थिक समिति गठन गरेर अर्थतन्त्र सुधारका प्रयास गरिरहेको जानकारी दिए। उनले समितिले प्रदेश र जिल्लाहरूमा राय सुझाव सङ्कलन गरेर सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाईसकेको बताए।

उनले अनुत्पादक क्षेत्रमा लगानी बढेकै बेला बैँक तथा वित्तीय संस्थाहरूले ब्याज वृद्धि गरेर ब्यापारी व्यवसायीलाई संकटमा पार्ने काम गरेको बताउँदै राष्ट्र बैँकको लापरवाहीले समस्या सृजनाभएको आरोप लगाए।

‘एकातिर हामीले अनुत्पादक क्षेत्रमा लगानी गर्र्यौ त्यही बेला ब्याज दोब्बरले वृद्धि भयो’ उनले भने–‘आन्तरिक र बाह्य दुवै कारणले समस्या बढाएको हो।’

उनले नीतिगत सुधारको बारेमा छलफल भैरहेको बताउँदै ८ वटा कानून संशोधन सकेको र २९ वटा कानून संशोधनको क्रममा रहेको जानकारी दि ।

उनले लगानीको माहौल नभएका कारण बैँक तथा वित्तीय संस्थाहरूमा रकम थुप्रिएको बताए। उनले पछिल्लो समय राजनीतिक स्थिरताले उत्पादन र राजस्वमा केही सुधारका संकेत देखिएको बताए । ‘काँग्रेस र एमालेको सरकार बनेपछि केही सुधारका संकेत देखिएका छन’ उनले भने–‘तर समवृद्धिको बाटोमा जाने गरी सुधार भने भएको छैन।’

उद्घाटन समारोहमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटा, कानुनी सल्लाहकार बिरबहादुर जेठारा, पूर्व केन्द्रीय सदस्य हेमराज गिरी, लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाई, टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज रावललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रदेश अध्यक्ष शंकर बोगटीको अध्यक्षतामाभएको उद्घाटन समारोहमा स्वागत उपाध्यक्ष मदनराज पन्तले स्वागत गर्नुका साथै कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक ज्योति भट्टले गरेकाथिए ।कार्यक्रमको आतिथ्ययता टीकापुर उद्योग वाणिज्य संघले गरेको थियो।

 

कमेन्ट लोड गर्नुस