बाजुरामा जिप दुर्घटना हुँदा सह–चालक घाइते

बाजुरा: बाजुरामा जिप दुर्घटना हुँदा सह–चालक घाइते भएका छन्। कर्णाली करिडोर अन्तर्गत हिमाली गाउँपालिकाको कुवाडीबाट धुलाचौर आउँदै गरेको जीप वडा नम्बर ४ स्थित लेबडीमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराले मुगुको खत्याड गाउँपालिका– ९ का अन्दाजी २५ वर्षीय वसन्त लावर्डले चलाएको लु १ ज ४४४५ नम्बरको जिप दुर्घटना भएको बताएको छ।
उक्त दुर्घटनामा सह–चालक खत्याड गाउँपालिका– १० का अन्दाजी १९ वर्षीय हरिचन्द्र शाही घाइते भएका छन्। शाहीको टाउको र गर्धनमा चोट लागेको छ। उनको कोल्टी अस्पतालमा उपचार भइरहेको छ।


जिप अनियन्त्रित भएर दुर्घटना भएको हो।

