सुदूर नेपाललाई विश्वसँग जोड्दै

खखडेहरा रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व होः प्रदेश प्रमुख मियाँ 

२०८१ चैत्र ८, ०९:०४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले खखडेहरा रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व रहेको बताएका छन्।

खखडेहरा पर्वको अवसरमा आज एक शुभकामना सन्देश व्यक्त गर्दै उनले यो पर्वलाई राणा थारु समुदायमा एक आपसमा भाइचारा आपसी मिलन र सुमधुरता ल्याउने पर्वको रुपमा समेत चित्रण गरिएको बताएका छन्। ‘रानाथारु समुदायको पहिचान र इतिहास बोकेको पर्व हो। यो पर्वलाई राणा थारु समुदायमा एक आपसमा भाइचारा आपसी मिलन र सुमधुरता ल्याउने पर्वको रुपमा समेत चित्रण गरिन्छ।’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। 

उनले पर्वले राष्ट्रियतालाई मजबुत ल्याउन यी र यस्तै पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै पुरानो पुस्ताबाट नयाँ पुस्ताले संस्कृति अनुसरण गर्न पनि आवश्यक रहेको उनको भनाइ छ। ‘सामाजिक सांस्कृतिक सहिष्णुता र ऐक्यबद्धता का माध्यमबाट राष्ट्रियतालाई मजबुत ल्याउन यी र यस्तै पर्वहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ’ प्रदेश प्रमुख मियाँको शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता पर्वलाई सभ्य र भव्य ढङ्गबाट मनाउँदै आगामी दिनमा निरन्तरता दिनका लागि पुरानो पुस्ताबाट नयाँ पुस्ताको नयाँ पुस्ताले संस्कृति अनुसरण गर्न आवश्यक छ।’ 

उनले खडखडेहरा पर्व २०८१ ले सबै नेपालीजनमा नयाँ उत्साह सुख समृद्धि र उमङ्ग छर्दै न्यायपूर्ण सभ्य सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने पनि कामना गरेका छन्। पश्चिम तराइका आदिवासी राना थारु समुदायले आज खखडेहरा पर्व मनाउँछन्। राना थारु समुदायको सबैभन्दा ठूलो पर्वका रूपमा रहेको होरीको समापनका रूपमा खख्डेहरा मनाइन्छ।

राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज एक दिन सार्वजनिक बिदा समेत दिएको छ। नेपालको कञ्चनपुर र कैलाली तथा भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बसोबास गर्ने राना थारु समुदायले एकैनास यो पर्व मनाउने गर्छन्।

कमेन्ट लोड गर्नुस