सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

२०८१ चैत्र ७, ०१:५० खबर संवाददाता

काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदी तोलामा १५ ले घटेको छ।

 सुनको मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। बुधवार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुनको मूल्यमा आज कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसैगरी, चाँदीको मोल प्रतितोला १५ ले घटेर रु दुई हजार ३० निर्धारण भएको छ। बुधवार सोही परिमाणको चाँदी दुई हजार ४५मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस