सुदूर नेपाललाई विश्वसँग जोड्दै

करिब २० करोड रकमसहित एकजना पक्राउ

२०८१ चैत्र ५, १२:०१ रासस

काठमाडौँः प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित गए राति एक जनालाई पक्राउ गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो।

पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन। ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बस्नेतले बताए।
 

कमेन्ट लोड गर्नुस