सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका किसानलाई कृर्षि औजार अनुदानमा वितरण

२०७६ असार २३, ०९:२२

धनगढी उप–महानगरपालीकाले किसानहरुलाई अनुदान सहित कृषी उपकरण हस्तान्तरण गरेको छ। सोमबार धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटा र कृर्षि शाखा प्रमुख लोकराज उपाध्यायले संयुक्त रुपमा कृषी उपकरण हस्तान्तरण गरेका हुन।
उप–महानगरपालिकाले असार १० गते किसानहरुका लागि सूचना प्रकाशन गरेको थियो । किसानहरुले दिएको आवेदनका आधारमा उनीहरुलाई अनुदानमा पानी तन्ने पम्पसेट, बोरिङ्गहरु अनुदानमा प्रदान गरेको हो। ब्यावसायीक खेती गरिरहेका किसानहरुलाई राहत पुग्ने गरि समुह र ब्यक्तिगत फर्महरुलाई अनुदानमा कृर्षि समाग्री प्रदान गरिएको मेयर नृपबहादुर वडले बताए। कृर्षिलाई धनगढी उप–महानगरपालीकाले प्राथमिकतामा राखेर गरिरहेको बताउदै नगरप्रमुख वडले भने, ब्यावसायीक रुपमा ब्यावसायीक कृर्षि पेशामा थप अनुदानका कार्यक्रम ल्याउने छौं। धनगढी उप–महानगरपालिका कृर्षि शाखा प्रमुख लोकराज उपाध्यायका अनुसार साना सिंचाई निर्माण तथा मर्मत अन्तरगत ७ वटा कृषक समुहलाई ८५ प्रतिशत अनुदानमा बोरिङ्ग, पम्पसेट तथा मोटरहरु उपलब्ध गराईएको हो। त्यसैगरी केराखेती बिस्तार कार्यक्रम अन्तरगत ६ जना किसानलाई सत्प्रतिशत अनुदानमा केराको बिरुवा तथा ५१ प्रतिशत अनुदानमा  बोरिङ्ग, पम्पसेट तथा मोटरहरु उपलब्ध गराएको छ ।
 

कमेन्ट लोड गर्नुस