सुदूर नेपाललाई विश्वसँग जोड्दै

विषादी परिक्षण बिना तरकारी र फलफूलको आयातमा रोक लगाउन माग

२०७६ असार २३, ०६:३४

साझा विवेकशिल पार्टी सुदूरपश्चिमले भन्सारमा विषादी परिक्षण बिना तरकारी र फलफूलको आयातमा रोक लगाउन माग गरेको छ। आज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै पार्टीले भन्सार विन्दुमा विषादी परिक्षण नगरी भारतबाट भईरहेको तरकारीको आयात रोक्न माग गरेको हो। विषादी सहितको तरकारीले मानव स्वास्थ्यामा गम्भिर असर परिरहेको भन्दै पार्टीले भन्सारमा प्रयोशालाको स्थापना गर्दै विषादी परिक्षण गरेर मात्रै तरकारीको आयात गर्न माग गरेको छ। खाद्यवस्तुको क्वारेन्टाईन जाँच अन्तराष्ट्रिय बजारको अनिवार्य शर्त भएको भन्दै पार्टीले सरकार विषादी परिक्षणको नीतिबाट पछि हटेको भन्दै आपत्ती पनि जनाएको छ। ज्ञापनपत्र बुझ्नै मुख्यमन्त्री भट्टले आगामी आर्थिक बर्षका लागि प्रदेश सरकाले ल्याएको बजेटमा गड्डाचौकी र त्रिनगर नाकामा विषादी परिक्षण प्रयोशाला बनाउन बजेट विनियोजन गरेको दावी गरे। उनले विषादी परिक्षणको नीतिबाट सरकार पछि हटेको कुरा अहिले सम्म आधिकारीक रुपमा जानकारी समेत नआएको बताए। ज्ञापनपत्र बुझाउन पार्टीका सुदूरपश्चिम सह–संयोजक दिनेशराज भण्डारी, प्रवक्ता दानवहादुर रावल लगायतका नेताहरु पुगेका थिए।

कमेन्ट लोड गर्नुस