सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

धनगढी: कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो।
छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन्।


फुटबलका धामी साफ यू–२० च्याम्पीयनसीपमा नेपाल उपविजेता बन्दा नेपालबाट सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनी केपी ओली कपमा उदयमान खेलाडी बन्न सफल भएका थिए। कबड्डीका चुनारा बङ्गलादेशमाभएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली उपविजेता बन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्। उनी१७वर्षको उमेरमै नेपालको सिनियर टोलीमा परेका थिए। क्रिकेटका साउँदले यू–१९ एसिया कपमा अफगानस्थानमा थिजितदर्ता गर्दा उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपाल प्रिमियर लिगको डेब्यु खेलमा उनले पाँच विकेट लिएका थिए।

यस्तै, वर्ष प्रशिक्षकको मनोनयन कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन्। कबड्डीका प्रशिक्षक भट्ट बङ्गलादेशमा भएको चौथो बंगबन्धु पुरुष अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोलीलाई उपविजेता बनाउने प्रशिक्षक हुन्। भलिबलका भट्ट काभा भलिबल नेसन्स लिगमा नेपाललाई उपविजेता बनाउने प्रशिक्षक हुन्। उनकै प्रशिक्षणमा नेपालले भारतमाथि ऐतिहासिक जितनिकालेको थियो। कबड्डीकी थापा नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलो पटक कास्य पदक जिताउने प्रशिक्षक हुन्।

आयोजकले यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिसकेको हो। सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्तधामीतथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन्।आयोजककाअनुसार आठ विधामा७ चैतमा आठ विधामा अवार्ड प्रदान गरिने छ । वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ।
सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)को मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो। सुदूरपश्चिमप्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलालीउद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् । अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल र निसर्ग अस्पतालले पनि प्रायोजकका रुपमा साथदिएका छन्।