सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा होलीबाट सङ्कलित रकम विद्यालयको विकासमा खर्च गरिने

२०८१ चैत्र २, ०३:३५ खबर संवाददाता

बैतडी:  बैतडीको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेलेर तीन लाख १८ हजार आठ सय ५० सङ्कलन गरेको छ।

विद्यालयले उक्त रकम विद्यालयको विकासमा खर्च गरिने बताएको छ। 

विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत सङ्कलन गर्दै आएको छ।  विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गरेको छ। निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम सङ्कलन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए। 

यसैगरी, पाटन नगरपालिका–१ मेल्चौरामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले पनि होली खेलेर तीन लाख सङ्कलन गरेको छ। सङ्कलित रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिने प्रधानाध्यापक दीपेन्द्रसिंह चाँडले बताए।

कमेन्ट लोड गर्नुस