सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका एक फरार प्रतिवादी पक्राउ

२०८१ फाल्गुन २९, ०७:४६ खबर संवाददाता

धनगढीः कैलालीका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको मिति २०८० वैशाख ११ गतेको फैसलाले विना इजाजत बिष्फोटन पदार्थको कारोबार गरेको मुद्दामा ५ महिना ४ दिन कैद सजाय र १० हजार जरिवानामा तोकिएपछि फरार रहेका कैलारी गाउँपालिका–४ बस्ने ५१ वर्षीय रोमनारायण गामु डगौरा पक्राउ परेका छन्। डगौरालाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस