सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभाको बैठक सञ्चालनमा प्रतिपक्षको अवरोध

२०८१ फाल्गुन २८, ०६:३८

धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक सञ्चालनमा प्रतिपक्ष दलहरूले अवरोध गरेका छन्।

प्रदेश सभाको बुधवारको बैठक प्रतिपक्ष दलहरूले अवरोध गरेका हुन्।

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको नियुक्ति खारेजीको माग गर्दै प्रतिपक्ष दलहरूले प्रदेश सभाको बैठक अवरोध गर्दै आएका छन्। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदले विरोध गरेपछि बुधवारको बैठक पनि स्थगित भएको छ।

प्रतिपक्षी दलहरूले विरोध गरेपछि सभामुख भीम भण्डारीले बैठक स्थगित गरेका हुन। खर्चको भार पर्नेगरी प्रदेश सरकारले अनावश्यक रूपमा प्रदेश नीति तथा योजना आयोग लगाएतमा नियुक्तिहरू गरेको भन्दै खारेज गर्नुपर्ने माग गरिएको छ।

 

कमेन्ट लोड गर्नुस