एनएसएल ३ को ट्रफी धनगढी रङ्गशाला र धनगढी एफसी यूथ एकेडेमीमा प्रदर्शनी गरिने
धनगढीः नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को ट्रफी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका विभिन्न स्थानमा प्रदर्शनी गरिन लागेको छ।
एनएसएल ट्रफी टुर अन्तर्गत फागुन २७ गते उक्त ट्रफी धनगढी ल्याइएको थियो। धनगढी एफ.सी का अनुसार फुटबल प्रेमीहरू माझ एनएसएल ट्रफीको प्रदर्शनी गर्न धनगढी रङ्गशाला (कबड हल) मा आज ५ बजे र धनगढी एफ.सी यूथ एकेडेमी जुगेडामा ६ बजे ट्रफी राखिनेछ। यी स्थानहरूमा स्थानीय फुटबल प्रेमीहरू ट्रफी अवलोकन गर्न सक्नेछन्।
यश अघि हिजो आज ट्रफी शिवपुरी धाम, धनगढी चौराहा र छलेन सडकमा प्रदर्शन गरिएको थियो भने आज एसपिए कलेज, ब्राईटवे पब्लिक स्कुल र एनसेल सेन्टरमा प्रदर्शन गरिएको थियो। ट्रफी टुरलाई सफल बनाउन कैलाली जिल्ला फुटबल संघ, एस.पी.ए कलेज, धनगढी एफ.सी यूथ एकेडेमी र धनगढी एफ.सी को मातृ संस्था गो ड्रिमर्सले सहकार्य गर्नेछन्। धनगढी रङ्गशालामा आयोजना हुने कार्यक्रममा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले सम्बोधन गर्नेछन्।



