सुदूर नेपाललाई विश्वसँग जोड्दै

भूकम्पमा भत्केको स्वास्थ्य चौकी निर्माण

२०८१ फाल्गुन २८, १०:०९ खबर संवाददाता

गोरखाः भूकम्पमा भत्केको घैरुङ स्वास्थ्य चौकीको भवन पुनर्निर्माण सम्पन्न भएको छ। जिल्लाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित स्वास्थ्य चौकीको भवन आठ करोड ५४ लाख छ हजार लागतमा पुनर्निर्माण सम्पन्न भएको हो।

गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरका अनुसार सङ्घीय सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भारत सरकारको आर्थिक सहयोगमा स्वास्थ्य चौकी  पुनर्निर्माण गरिएको हो। पैतालीस कोठाको नवनिर्मित भवनबाट आगामी चैतदेखि सेवा प्रवाह गरिने उनले जानकारी दिए। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भवन भत्काएपछि घैरुङस्थित हिमालय माध्यामिक विद्यालयमा सञ्चालन हुँदै आएको छ। 

कमेन्ट लोड गर्नुस