सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको नियुक्ति खारेजीको माग

२०८१ फाल्गुन २७, ०५:३७ कमल सावद

धनगढी: सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको नियुक्ति खारेजीको माग गरिएको छ।

सुदूरपश्चिम प्रदेश सभामा पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य नरेशकुमार शाहीले नीति तथा योजना आयोगमा पद सृजना गरेर कार्यकर्ता भर्ती गरिएको आरोप लगाएका हुन। उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारले फजुल खर्च बढाएको छ। नीति तथा योजना आयोगमा तीन जनाको ठाउँमा पाँच जना सल्लाकार राखिएको छ। कानुन संशोधन गरिएको छ। प्रदेश सरकारले सच्याउनुपर्छ। सभामुखमार्फत प्रदेश सरकारलाई रुलिङ्ग होस।’

प्रतिपक्षी दलहरूले प्रदेश सभाको बैठक नै अवरोध गरेका हुन। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरू उभिएर विरोध गरेपछि बैठक स्थगित भएको छ।

प्रतिपक्षी सम्पूर्ण दलको प्रतिनिधित्व गर्दै सभामुख भीम भण्डारीले नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य शाहीलाई आफ्ना माग राख्न समय दिएका थिए। शाहीले खर्चको भार पर्नेगरी प्रदेश सरकारले अनावश्यक रूपमा गरेका प्रदेश नीति तथा योजना आयोग लगाएतका नियुक्तिहरू खारेज गर्नुपर्ने माग उनको छ। सुदूरपश्चिम सबै भन्दा बढी गरिबीमा रहेकोले खर्च कम गर्नुपर्ने धारण शाहीको छ। प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख भण्डारीले सम्पूर्ण कार्यसूची बैठकबाट हटाएको बताएका छन्।

प्रदेश सभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले केही उद्योग तथा वन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक माथि सामान्य छलफल गर्ने कार्यसूचीमा रहेको थियो।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस