सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै

२०८१ फाल्गुन २६, ०६:०९ रासस

काठमाडौँः युगान्डामा जारी महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले ‘टस’ जितेको छ। 

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल क्रिकेट मैदानमा भरखरै भएको ‘टस’मा नेपाली टोलीको कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ रोजेकी हुन्। यससँगै हङ्कङले पहिला ‘ब्याटिङ’ गर्नेछ। आज हङकङलाई हराउँदै नेपाल प्रतियोगितामा दोस्रो जित दर्ता गराउने दाउमा छ।

  पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको थियो। यस्तै, हङकङ पनि दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा युगान्डासँग पराजित हङकङले दोस्रो खेलमा नामिबियालाई पराजित गरेको थियो। प्रतियोगितामा नेपालसँगै युगान्डा, नामिबिया र हङकङको सहभागिता रहेको छ। सिरिजमा सबै टोलीले एकअर्कासँग दुई÷ दुई  खेल खेल्नेछन्। लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ।


 

कमेन्ट लोड गर्नुस