सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नो देशको बढ्दो रक्षा बजेटमा चिनियाँ अधिकारीको समर्थन

२०८१ फाल्गुन २६, १२:५९

एजेन्सीः चीनले आफ्नो रक्षा बजेटमा भएको वृद्धिलाई उचित भएको बताएको छ।

चिनियाँ सेनाका प्रवक्ता वु कियानले ७ प्रतिशतभन्दा बढीको रक्षा बजेटमा भएको वृद्धिलाई समर्थन गर्नुभएको छ। चीनले केही दशकदेखि आफ्नो रक्षा क्षमता बढाउने प्रयास गरिरहेको छ र अर्थतन्त्रको विस्तारबाट प्राप्त रकम यसका लागि प्रयोग गरिरहेको बीबीसीले जनाएको छ।

यसै हप्ता चिनियाँ राष्ट्रिय जनकंग्रेसको वार्षिक बैठकमा यस वर्षको रक्षा बजेट ७ दशमलव २ प्रतिशत वा लगभग २ सय ४५ अर्ब डलर हुने घोषणा गरिएको थियो। यो अमेरिकाको सैन्य खर्चको एक तिहाइ हो र अमेरिका पछि, रक्षा खर्चको हिसाबले चीन दोस्रो स्थानमा छ।

चीनमा धेरै खर्चहरू छुट्टै बजेटमा समावेश भएकाले विज्ञहरूले चीनको कुल रक्षा बजेट ४० प्रतिशत वा योभन्दा धेरै हुन सक्ने बताउँदै आएका छन्। बढ्दो रक्षा बजेटको समर्थनमा चीनका अधिकारीहरुले धारणा व्यक्त गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस