सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका ६ वडामा तालाबन्दी, दुई ठाउँमा शंकास्पद वस्तु भेटियो

२०७६ असार २२, ०१:३४ खबर संवाददाता

नेकपा विप्लव समूहले डडेल्धुराका ६ वडा कार्यालयमा तालाबन्दी गरेको छ । डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ३ र ८ तथा परशुराम नगरपालिकाको वडा नम्बर ७, ८, ९ र १० मा तालाबन्दी गरिएको हो। तर इलाका प्रहरी कार्यालय जोगबुढाले भने तालाबन्दी कसले गरेको हो भन्ने कुरा खुल्न नसकेको जनाएको छ।

यस्तै परशुराम नगरपालिका वडा नम्बर ९ र १० मा लगाइएको तालामाथि शंकास्पद वस्तु अड्काएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्लाष्टिकमा बेरेर बम आकारको शंकास्पद वस्तु भेटिएको  हो।  शंकास्पद वस्तु भेटिएपछि जिल्लाबाट प्रहरी परिचालन गरेको  प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।तालाबन्दी र शंकास्पद वस्तु प्रतिबन्धित नेकपा ुविप्लवु समूहले राखेको हुनसक्ने प्रहरीको अनुमान छ।

कमेन्ट लोड गर्नुस