सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो?

२०८१ फाल्गुन २२, ०८:५९ खबर संवाददाता

काठमाडौँ: शुक्रवार रिलिज हुने फिल्म ‘होस्टेल ३’ को अग्रिम टिकट बुकिङ खुला भएको छ।

नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स फिल्मलाई करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजले १५ शो तथा वन सिनेमाजले ९ शो, बिग मुभिजले ५ शो र एफक्युब सिनेमाले ५ शो, बिएसआर सिनेमाजले ४ शो  दिएको छ। अग्रिम बुकिङ अनुसार शो थपघट हुनेछ। 

‘होस्टेल’को तेस्रो संस्करणको रुपमा निर्माण भएको फिल्म युवा पुस्तालाई लक्षित छ। सशान कँडेलले निर्देशित फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन्। 

सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता र शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सह निर्माता रहेको फिल्ममा छायाङ्कन अर्जुन तिवारी र सम्पादन विकास दाहालको छ।

कमेन्ट लोड गर्नुस