चोरी मुद्दामा फरार बाजुराका जैशी कैलालीबाट पक्राउ

२०८१ फाल्गुन २१, ०८:२७
धनगढीः चोरी मुद्दामा फरार बाजुराका तेजराज जैशी कैलालीबाट पक्राउ परेका छन्।
जिल्ला अदालत बाजुराको मिति २०७८ मंसिर १३ गतेको फैसलाले नकवजनि चोरी मुद्दामा २ वर्ष ११ महिना १ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएका बाजुराको त्रिवेणी नगरपालिका–२ छतारा सिम्ला बस्ने २३ वर्षीय जैशी पक्राउ परेका हुन्। जैशीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले मंगलवार जानकी गाउँपालिका–१ दुर्गौलीबाट पक्राउ गरेको छ।




कमेन्ट लोड गर्नुस