सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार र प्रतिपक्षी दलबिच संसद सुचारु गर्ने सहमती

२०७६ असार २१, ०८:०६ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेट असन्तुलित र भ्रष्टाचार बढाउने किसिमको रहेको भन्दै विरोधमा रहेका प्रतिपक्षी दलले भोलीदेखि संसद चल्न दिने सहमती जनाएका छन्। प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाबिचको पटक–पटकको वार्ता पछि आज उक्त सहमती जुटेको हो। प्र

मुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आफूहरुले उठाएका माग सम्बोधन गर्न सरकार तयार देखिएको बताए। उनले सरकारले प्रतिपक्षी दलले उठाएका माग सम्बोधन गर्ने सहमती जनाएपछि भोलीदेखि प्रदेशसभा बैठक सञ्चालनमा अवरोध सिर्जना नगरिने बताए। तर सरकार र आफूहरुका बिचमा के सहमती भयो भन्ने विषयमा भने रावलले खुलाएनन्।

उनले भोली बिहान ८ बजेका लागि बोलाईएको बैठकमा  मुख्यमन्त्री त्रिलोचन भट्ट र आफूले सम्बोधन गर्ने कार्यक्रम रहेकाले सरकारले गरेका सहमतीका विषय त्यतै खुलाइएन जनाए। यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले सरकारले लुट र भ्रष्टाचार बढाउने गरी बजेट आएको भन्दै संसदमा अवरोध सिर्जना गरी रातो किताब जलाएको थियो। कांग्रेस र राजपाले रातो किताबलाई ब्लायाङ्क बुकको संज्ञा दिदै बजेट संशोधन नभए सम्म सदन चल्न नदिने अडान लिदै आएको थियो।  प्रतिपक्षीकै अवरोधका कारण अहिले सम्म प्रदेशसभामा बजेटमाथीको छलफल सुरु हुन सकेको थिएन्। 

कमेन्ट लोड गर्नुस