सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको कालङ्गा गाड जलविद्युत आयोजनामा स्थानीद्धारा तोडफोड, १५ करोडको क्षती

२०७६ असार २१, ०१:३२ खबर संवाददाता

बझाङमा निर्माणाधिन अवस्थामा रहेको कालङ्गागाड जलविद्युत आयोजनामा तोडफोड गरिएको छ। बझाङमा भएको युवती हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेका युवक उक्त जलविद्युत आयोजनामा कार्यरत रहेको भन्दै स्थानीले तोडफोड गरेका हुन्। युवती हत्या प्रकरणमा जोडिएका युवकको विषयलाई लिएर आक्रोसित  भएका बुङ्गलका स्थानीयले निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनामा तोडफोड गर्दा १५ करोड बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

प्रर्दशनमा उत्रिएका स्थानीयको भीड नियन्त्रणमा लिन अश्रु ग्यास समेत प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक सुर्यबहादुर केसीले  अश्रु ग्यास प्रहार गरिएपनि भीड नियन्त्रणमा लिन नसकिएको बताए।

उनले स्थानीयले  आयोजनाको कार्यालय, मुख्य क्याप्प, ट्रिपर, जीप लगायतका सवारी साधनमा समेत तोडफोड गरेको जनाए। आयोजनाका निर्देशक  विरेन्द्र मल्लले युवती हत्या घटनालाई निहुँ  बनाएर जलविद्यु्त बन्न नदिने व्यक्तिहरुले तोडफोड गरेको बताए। उनले अहिले सम्म १५ करोड जतीको क्षती भएपनि विवरण संकलन भइरहेको बताए।  

बझाङको बुङ्गल नगरपालिका २ को खोचे भगाडमा गत मंगलबार बिहान  सोही स्थानकी  ललिता धामी हत्या गरेको अवस्थामा भेटिएकी थिईन्। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेका डडेल्धुराको जोगबुढाका माधव बोहरा कालंगा गाड जलविद्युत आयोजनामा एक्साभेटर अपरेटरको रुप काम गर्दै आएका थिए।  

 

 

कमेन्ट लोड गर्नुस