सुदूर नेपाललाई विश्वसँग जोड्दै

थाइल्यान्डको बैंककमा बसको ‘ब्रेक फेल’ हुँदा १८ जनाको मृत्यु

२०८१ फाल्गुन १४, ०१:४२

एएफपीः थाइल्यान्डको बैंककमा बुधबार बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

राजधानी बैंककको पूर्वमा रहेको प्राचीन बुरी प्रान्तमा स्थानीय सरकारी अधिकारीहरू लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये एउटा दुर्घटना भएको हो। ‘दुर्घटनामा १७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो,’ प्रहरी लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले भने। उनले भने, ‘हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै निकै तल खसेको हो।

थप अनुसन्धान भइरहेको छ।’बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरूलाई उपचारका लागि दुई वटा अस्पतालमा लगिएको छ।

कमेन्ट लोड गर्नुस