सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन तयार पारिएको विधान मस्यौदा मन्त्रालयमा थन्कियो

२०७६ असार २१, ०७:२३ नवराज पनेरु

गेटा मेडिकल कलेजलाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बर्षाै पुरानो योजना राजनीतिक चलखेलका कारण पटक–पटक असफल हुँदै आएको छ। गेटा मेडिकल कलेजमा भौतिक संरचना निर्माण सुरु भएदेखि नै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजना पनि अगाडी बढाईएको थियो। तर राजनीतिक दलका नेताहरुको तिव्र धुर्विकरणका कारण अहिले सम्म मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा समेत गरिएको छैन्। 

स्वास्थ्य विभागका महानिर्देशक सकेका डाक्टर लक्ष्मीराज पाठकले गेटा मेडिकल कलेजको पुर्वाधार निर्माणका लागि सहमती जुटेपछि देश विदेशमा सञ्चालनमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधान मस्यौदा पनि चार बर्ष अगाडी नै तयार पारिएको बताए। ‘विधान मस्यौदा बनाएर स्वास्थ्य मन्त्रालयमा बुझाएको चार बर्ष वितिसकेको छ,’ उनले भने, ‘अहिले सम्म मन्त्रीपरिषद्को बैठकमा स्वीकृती लागि समेत पेश भएको छैन्।’ 

गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका अध्यक्ष डाक्टर चेतराज पन्तले भने सवै निकायको सैद्धान्तीक सहमती अझै लिन बाँकी भएकाले विधान मस्यौदा अगाडी नबढेको बताए। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधान मस्यौदा अगाडी बढाउने प्रयास २०७३ सालमा रामजनम चौधरी स्वास्थ्य मन्त्री हुँदा पनि भएको दावी गरिएको छ। उनको कार्यकालमा मस्यौदालाई मन्त्रीपरिषद्को बैठकमा पेश गर्नका लागि विभिन्न निकायबाट सैद्धान्तीक सहमती पनि प्राप्त गरिएको चौधरी स्वास्थ्य मन्त्री हुँदा उनका स्वकीय सचिव रहेका नरेश चौधरीले बताए। ‘तर २०७३ साउनमा सरकार ढलेपछि नयाँ स्वास्थ्य मन्त्री  नेपाली काग्रेसका नेता गगन थापा भए,’ उनले भने, ‘विधान मस्यौदा मन्त्रीपरिषद्मा पेश गर्न त्यसपछि कुनै निकायबाट पनि पहल भएन्।’

त्यसयता मेडिकल कलेजको पुर्वाधार निर्माणले तिव्रता पाएको छ। अहिले गेटमा २९ वटा भवनको निर्माण भईरहेकोमा कलेज र अस्पताल सञ्चालनका लागि आवश्यक आधारभुत पुर्वाधार तयार भईसकेको दावी मेडिकल कलेज पुर्वाधार विकास समितिले गरेको छ। तर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि भने यस क्षेत्रका नेताहरुले समेत पहल नगर्दा अहिले सम्म सञ्चालनको प्रारुप नै तह हुन सकेको छैन्। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस