बंगालको खाडीमा भूकम्प
२०८१ फाल्गुन १३, ०८:११
काठमाडौँ: मंगलबार बिहान बंगालको खाडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार भूकम्पको तीव्रता ५.१ रिक्टरस्कल मापन गरिएको छ।
समाचारअनुसार कोलकातासहित भारतका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको थियो। भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो।
कमेन्ट लोड गर्नुस