डोटीको जोरायलमा दाते ओखर भनेर लगाइएको हाडे निस्किएपछि...

धनगढीः डोटीको जोरायल गाउँपालिका-३ पातलका कृषकले दाते ओखर भनेर लगाइएको हाडे निस्किएको छ।
दाते ओखर भनेर लगाइएको हाडे निस्किएपछि नार्क कार्यालय जुम्ला र सुख्खा फलफूल विकास कार्यालय सतबाज बैतडीको प्राबिधिक टोली र जोरायल गाउँपालिका कृषि विकास शाखाको टिमसहित जुम्लामा फल्ने दाते ओखरको साइन प्रयोग गर्ने कार्य सम्पन्न भएको छ। यो अभियान जोरायल गाउँपालिका भरिनै चल्ने कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए।


