सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खैरो हेरोइनसहित एक जना पक्राउ 

२०८१ फाल्गुन १०, ०७:२३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुर स्थित सुदूरपश्चिम प्रदेश ०१–०१२ प ४२५९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय विवश वडाल खैरो हेरोइनसहित पक्राउ परेका छन्।

वडालको साथबाट १७० मिलिग्राम खैरो हेरोइन र मोटरसाईकलसहित उनलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस