सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा हुने अन्तरपालिका भलिबलमा विजेतालाई १ लाख २५ हजार पुरस्कार

२०८१ फाल्गुन ९, ०२:०९

बैतडीः बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता यही फागुन १५ गतेदेखि हुने भएको छ।

गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसको खेलमैदानमा सुरू हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजक मेनेजर तेजबहादुर चन्द ट्रष्टका सदस्य तेजप्रकाश भट्टले जानकारी दिए। फागुन १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने जनाइएको छ। प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए।

यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ। 

कमेन्ट लोड गर्नुस