सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा रोपेको खेतमै सडक निर्माणका लागि डोजर चल्यो

२०७६ असार २०, ११:३२ खबर संवाददाता

बझाङ जिल्लामा रोपेको खेतमै सडक निर्माणका लागि डोजर चलेको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलमा भर्खर रोपेको खेतमै डोजर चलेको हो। छान्ना रिङरोड निर्माणका क्रममा खेतमै डोजर चलाईएको स्थानीय वासिन्दाले बताएका छन्। 

सो क्रममा डोजरले सिँचाइ कुलो भत्काएको छ भने २ वटा खानेपानीका पाइपलाइन, सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेत समेत नष्ट गरेको छ। उक्त सडक निर्माणका क्रममा तप ३ वटा खानेपानी आयोजनाको पाइपलाइनमा क्षति भएपछि विभिन्न गाउँमा खानेपानीको हाहाकार भएको छ। 
 

कमेन्ट लोड गर्नुस