सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक हरी सुदामा जैशीको ओईमेरी छोर्याट्टी सार्वजनिक

२०७६ असार १९, ०७:१८ खबर संवाददाता

डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ६ का स्थानीय वासिन्दा तथा गायक हरी सुदामा जैशीको नयाँ गीत ओईमेरी छोर्याट्टी बजार सार्वजनिक भएको छ। नयाँ पुस्तालाई मध्यनजर गर्दै डोटेली टिपिकल शब्द सहित रचना गरिएको गती ¥याप शैलीको रहेको छ। गीतको लय, शब्द गायक जैशीकै रहेको छ भने स्वार जैशी र संगिता बलमे दिएका छन्। पछिल्लो समय युवाहरुलाई लक्षित गर्दै उक्त गीत निकालिएको गायक जैशीले बताए। गीतमा बढ्दै गएको विकृतीमाथि तिखो व्यङ्ग गरिएको छ। गीतमा चन्द्र, अनुप ,दिपक, भगवतिले अभिनय गरेका छन्। गायक जैशी गृह गाउँपालिकाकै वडा नम्बर ५ मा रहेको एक विद्यालयमा शिक्षण गर्दै आएका छन। 
 

कमेन्ट लोड गर्नुस