सुदूर नेपाललाई विश्वसँग जोड्दै

सात प्रदेशमा कांग्रेसको अभियान

२०८१ फाल्गुन ८, ०६:२५ खबर संवाददाता

नेपाली कांग्रेसले सातै प्रदेशमा ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ सञ्चालन गर्ने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीले गरेका सकारात्मक काम र ती कामबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिन अभियान सञ्चालनको तयारी गरिएको जानकारी दिए। कार्यक्रममा पत्रकारद्वय हरिबहादुर थापा र डा. जगत नेपालले कार्यपत्र प्रस्तुत गर्नुहुने छ।

उनका अनुसार फागुन ९ गते विराटनगर, १० गते जनकपुर, १७ गते पोखरा, १८ गते बुटवल, २० गते सुर्खेत र फागुन २१ गते धनगढीमा प्रदेशस्तरीय अभियान आयोजना गर्ने तय भएको छ। उनले भने, “केही शक्तिले कांग्रेस पार्टी मात्र होइन, सिङ्गो व्यवस्था र प्रणालीलाई नै बदनाम हुने गरी नकारात्मक प्रचार गरिरहेको सन्दर्भलाई दृष्टिगत गरी अभियान आयोजना गरिएको हो।”

कमेन्ट लोड गर्नुस