सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एक वर्षमा ९ जनाको हत्या, एक हजार ८८ पीडित

२०८१ फाल्गुन ७, ०४:५४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा ९ जनाको हत्या भएको छ।

प्रदेशमा एक वर्षको अवधिमा तीन महिला र ६ जना पुरुषको हत्या भएको हो। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनमा बैतडीमा तीन, डडेल्धुरामा एक, कैलालीमा एक र कञ्चनपुरमा २ जनाको परिवारबाट हत्या गरिएको छ। परिवारबाट मात्र सात जनाको सन २०२४ भित्रमा हत्या भएको हो।

प्रदेशमा एक वर्षमा एक हजार ८१ घटनामा एक हजार ८८ जना पीडित भएका छन्। अनौपचारिक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशले बुधवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सन २०२४ सालमा सुदूरपश्चिमका एक हजार ८८ जना पीडित भएका उल्लेख गरेको छ। सुदूरपश्चिममा एक वर्षमा राज्यबाट एक महिला र १० पुरुष गरेर ११ जना पीडित भएका मछन्। अन्य पक्षबाट सन २०२४ मा एक हजार ५४ महिला र ३४ पुरुष पीडित भएका छन्।

तर, सन २०२३ भन्दा २०२४ मा एक सय २ जना कम पीडित भएका छन। सुदूरपश्चिममा सन २०२४ मा ११ जना घाइते भएका छन। एक सय पाँच जनाको बाल अधिकार हनन, तीन जनालाई धम्की, तीन जनालाई अमानवीय व्ययभार, नौ सय ४७ को महिला अधिकार हनन, एक जनाको कारागारमा मृत्यु, तीन जनालाई जातीय विभेद, आठ जनामाथि कुटपिट, एक जनाको हिरासतमा मृत्यु र ६ जना राज्य पक्षबाट गिरफ्तारीमा परेका छन्।

प्रदेशमा एक वर्षको अवधिमा नौ जनाको हत्या भएको हो।

 

कमेन्ट लोड गर्नुस