सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानमा यात्रुवाहक बसमा गोलाबारी, ७ जनाको हत्या

२०८१ फाल्गुन ७, १०:४९ खबर संवाददाता

पाकिस्तानको बलुचिस्तानको बरखान जिल्लामा अज्ञात आक्रमणकारीहरूले यात्रुवाहक बसमा गोलाबारी गरेका छन्।

त्यसपछि आक्रमणकारीहरूले मानिसहरूलाई बसबाट बाहिर निकालेर गोली हानी हत्या गरेका हुन्। बरखानका उपायुक्त वकार खुर्शीदले बताएअनुसार अज्ञात आक्रमणकारीहरूले क्वेटाबाट लाहोर जाँदै गरेको यात्रु बसलाई निशाना बनाएका थिए। आक्रमणकारीहरूले सात जनालाई बसबाट निकालेर हत्या गरेको उनको भनाई छ। प्रारम्भिक अनुसन्धानबाट मृतकहरू पाकिस्तानको पञ्जाबको बासिन्दा भएको पत्ता लागेको छ।

कमेन्ट लोड गर्नुस