सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली विद्यार्थीको सुरक्षका लागी ओडिसा पुग्यो नेपाल प्रहरीको टोली

२०८१ फाल्गुन ६, ०३:३९

काठमाडौँः भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयमा नेपाल प्रहरीको टोली पुगेको छ।

केआईआईटी कलेजको होस्टेलमा बुटवलकी प्रकृति लम्साल शंकास्पद रुपमा मृत भेटिएपछि सो घटनापछि विकसित परिस्थितिमा सुरक्षा व्यवस्था गर्न मंगलबार बिहान दुईजना वरिष्ठ अधिकारी कलेज पुगेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी गराएकी हुन्।

‘मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टेलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु’, उनले भनिन्, ‘यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ।’ उनले सोमबारको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको बताएकी छन्। उक्त कलेजको होस्टेलमा बुटवलकी प्रकृति लम्साल शंकास्पद रुपमा मृत भेटिएकी थिइन्।
 

कमेन्ट लोड गर्नुस