सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अबैध काठ बरामद

२०८१ फाल्गुन ५, ०७:३३ खबर संवाददाता

धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ।

भजनी नगरपालिका–५ चमरौदा स्थित गहु बारीमा चिराएर राखेको सालको काठ कडी थान १७ र फ्रेम थान ७ गरी जम्मा २४ थान गरि १२ दशमलव ३३ क्युफिट काठ बेवारीसे अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। उक्त काठ आवश्यक कारवाहीको लागि सब–डिबीजन वन कार्यालय भजनीमा बुझाएको छ। 

कमेन्ट लोड गर्नुस