सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको एक घरमा आगलागी 

२०८१ फाल्गुन ५, ०७:२८ खबर संवाददाता

धनगढीः कैलालीको एक घरमा आगलागी भएको हो। घोडाघोडी नगरपालिका-४ जनकपुरका खुसिराम चौधरीको चार कोठे घरको भान्सामा बालेको आगोबाट आगलागी हुँदा आठ लाख बराबरको क्षति भएको हो।

आगलागी हुँदा १ वटा बाख्रा जलेर मरेको छ। घर र घर भित्र रहेका रहेका नगद, अन्नपात, लत्ता कपडा, खाद्यान्न लगायतका सामान जलेर क्षति भएको छ। स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस