सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट अवैध काठसहित ट्याक्टर फेला

२०८१ फाल्गुन ३, ०७:५८ खबर संवाददाता

धनगढीः कैलालीबाट अवैध काठसहितको ट्याक्टर फेला परेको छ।

जिल्लाको टीकापुर नगरपालिका–१ शिवनगर बस्ने ४१ वर्षीय शेरबहादुर थारुले चलाएको से १ त ३९२६ नम्बरको ट्याक्टर काठसहित टीकापुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले ट्याक्टरमा सिसौ र कटहरको काठ १५ गोलिया ३२.२ क्युफिट फेला पारी उक्त काठ सहितको ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारवाहीको लागिसब डिभिजन बन कार्यालय टीकापुर कैलालीमा बुझाएको जनाएको छ।

कमेन्ट लोड गर्नुस