सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन सुझाव

२०७६ असार १८, ०६:३६ नवराज पनेरु

सुदूरपश्चिमको हितका लागि गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनपर्नेमा जोड दिईएको छ। लामो संघर्षपछि पूर्वाधार निर्माण तिव्र गतिमा भईरहेका बेला सञ्चालनको मोडालीटीका विषयमा चर्चा सुरु भएसंगै मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने सुझाव दिईएको हो। 

मेडिकल कलेजको निर्माणमा महत्वपूर्ण योगदान पुगाएकाहरुले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने सुझाव दिएका हुन्। गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरीले स्वास्थ्य विज्ञान प्रतिष्ठान नै उपयुक्त हुने बताए। 
‘मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन बर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाईने मापदण्ड रहेको छ,’ उनले भने–‘अन्य विश्व विद्यालयको सम्वन्धन लिनुपर्ने बाध्यकारी नियम छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पताल संगै सुरु गर्न सकिने र आफैमा स्वायत्त हुने भएकाले सुदूरपश्चिमका लागि उपयुक्त हुने छ।’ 

गेटामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आधारभुत भौतिक संरचना तयार भईसकेको बताउँदै उनले अहिले सम्म कुन प्रारुपमा सञ्चालन हुने भन्ने विषयमा समेत टुङगो नलाग्दा तयार भएका भवन पनि प्रयोग विहिन बन्ने सम्भावना बढ्दै गएको बताए। 
गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक हेमराज पुजाराले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानका आ–आफ्नै विशेषता भएकाले सो बारेमा अध्ययन गर्दै अगाडी बढ्नुपर्ने बताए।

‘मेडिकल कलेज भए परनिर्भर हुनपर्ने देखिएको छ,’ उनले भने– ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान भए कुनै पनि निर्णय गर्न कसैको भर पर्नुपर्ने अवस्था छैन्।’ उनले सुदूरपश्चिम विश्वविद्यालयको अवस्था बलियो भएको भए सोही विश्वविद्यालयबाट सम्वन्धन लिएर मेडिकल कलेजकै प्रारुपमा सञ्चालन हुँदा पनि ठुलै समस्या नहुने तर्क गरे। तर सुदूरपश्चिम विश्व विद्यालय आफैमा दयनिय अवस्थामा सञ्चालन भईरहेकाले गेटा मेडिकल कलेज भए त्रिभुवन विश्वविद्यालयको सम्वन्धन लिनुपर्ने र परनिर्भर हुनुपर्ने देखिएको उनले बताए। जस्ले स–सना निर्णयका लागि पनि त्रिभुवन विश्वविद्यालयको भर पर्नुपर्ने बाध्यता हुने देखिउको छ। 

मेडिकल कलेज पुर्वाधार विकास समितिका अनुसार अवको एक बर्षभित्रै अस्पताल र कलेज सञ्चालन गर्न सकिने अवस्था छ। तर अस्पताल सञ्चालनका लागि उपकरण खरिद, जडान लगायतका प्रक्रियाको सुरुवात समेत भएको छैन् भने कलेज सञ्चालनका लागि नीति नियम बनाउन सुरु समेत भएको छैन्। त्यसैले सञ्चालनको प्रारुप बारे टुङगो लगाउँदै कलेज र अस्पताल सञ्चालनका लागि प्रक्रिया बढाउनुपर्ने सुझाव धेरेको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस