मानव सेवा आश्रमको महायज्ञबाट चार करोड ८३ लाख सङ्कलन

धनगढीः मानव सेवा आश्रम, धनगढी शाखाले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा चार करोड ८३ लाख रुपैयाँ दान सङ्कलन गरिएको छ।
सरकारी निकाय, जनप्रतिनिधि, निजी क्षेत्र, विभिन्न व्यक्तिबाट आश्रमलाई सो रकम प्राप्त भएको हो। मानवसेवा आश्रम धनगढी शाखाको भवन निर्माणका लागि श्रीमद्भागवत महायज्ञ आयोजना गरिएको थियो। महायज्ञमा चार करोड ८३ लाख रुपियाँ दान सङ्कलन भएको आश्रमले बताए।
महायज्ञको अन्तिम दिन ४७ लाख रुपियाँ सङ्कलन भएको जनाइएको छ। दाताहरूको उत्साहजनक दानले सुदूरपश्चिमलाई सडक आश्रित सहयोगापेक्षी सडक आश्रित प्रदेश बनाउन सहयोग पुग्ने आश्रमका अध्यक्ष रामजी अधिकारले बताए।
श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा भाष्कर कमलनयन गौतमले सङ्गीतमय श्रीमद्भागवत कथा वाचन गरेका थिए।



